७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनामा एकको मृत्यु, एक घाइते

परासी- पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च २७५१ नम्बरको कार गए राति ११ः३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत भूमहीमा लु २ ख ३१२१ नम्बरको रोकिराखेको ट्रकमा ठक्कर खाँदा कारमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका–३ का ४० वर्षीय गोर्कण पौडेलको मृत्यु भएको हो।

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। यसैगरी सोही कारमा सवार बुटवल उपमहानगरपालिका–४ का ३१ वर्षीय सुरेश पोखरेल घाइते रहेको र उनको पनि बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालकसहित ट्रक, कार इलाका प्रहरी कार्यालय सुनवलले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: २७ असार २०७६ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App