coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागमती नदीले भत्कायाे बाँध, गाउँमा पानी पस्दै

रौतहट - वर्षाका कारण रौतहटकाे बागमती नदीमा बाढीले बाँध भत्किएको छ। पूर्व बागमती र पश्चिम लाल बकैया नदिले घेरिएको सदरमुकाम गौर यतिखेर उच्च जोखिमा रहेको छ।

बाँध भत्किएर गढिमाइ ३ लक्ष्मिपुर बस्तीमा बाढी पसिरहेको छ। नगरपालिकाको जेसिभी लगाएर एक छिन रोक्न प्रयास गरेपनि पानीको बहाव तीब्र भएकोले प्रयास असफ्ल भएको मेयर श्याम प्रसाद यादवले बताए। दुई वर्षअघि बागमती नदिमा आएको बाढीले उक्त स्थानमा बाध भत्काएको थियो। सो भत्केको बाध बलियो नबनाएको कारण पुन: भत्केर गाउँमा पानी पस्न लागेको स्थानीहरुले बताएका छन्।

त्यस्तै बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गढो लगायतका गाउँ डुबानमा परेका छन्। तीन दिनेदेखि निरन्तर परेको वर्षा र झरीको कारण बागमती र लाल बकैया नदिमा ठूलो बाढी आएको छ । चाँदी, लमहा र झाझ खोलामा समेत बाढी आएको कारण उखु र धान बाली समेत डुबानमा परेका छन्। चुरे क्षेत्रमा भएको वर्षाको कारण चाँदी खोलामा आएको बाढीको कारण पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ।

सदरमुकाम गौर स्थित सरकारी कार्यालय वरिपरि समेत पानी जमेको छ । निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा देखिएको छ। जिल्ला बिपद व्यवस्थापन समिती रौतहटका सयोजक प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्ला का नदि र खोलामा बाढी आएपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए। जलतथा मौसम बिज्ञान बिभाग, मौसम पुर्वानुमान महाशाखाले २८ गते सम्म वर्षा हुने बताएका छन

प्रकाशित: २७ असार २०७६ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App