८ वैशाख २०८१ शनिबार
समाज

गाैर क्षेत्र डुबानमा (फोटो फिचर)

रौतहट - वर्षाका कारण रौतहटको केही गाउँमा बाढी आएको छ। जसका कारण आधा दर्जन गाउँ डुबानमा परेको छ। बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गढो लगायतका गाउँ डुबानमा परेका छन्। तीन दिनेदेखि निरन्तर परेको वर्षा र झरीको कारण बागमती र लाल बकैया नदिमा ठूलो बाढी आएको छ ।

चाँदी, लमहा र झाझ खोलामा समेत बाढी आएको कारण उखु र धान बाली समेत डुबानमा परेका छन्। चुरे क्षेत्रमा भएको वर्षाको कारण चाँदी खोलामा आएको बाढीको कारण पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ।

पूर्व बागमती र पश्चिम लाल बकैया नदिले घेरिएको सदरमुकाम गौर यतिखेर उच्च जोखिमा रहेकाे छ। सदरमुकाम गौर स्थित सरकारी कार्यालय वरिपरि समेत पानी जमेको छ । निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा देखिएको छ।

जिल्ला बिपद व्यवस्थापन समिती रौतहटका सयोजक प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्ला का नदि र खोलामा बाढी आएपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए। जलतथा मौसम बिज्ञान बिभाग, मौसम पुर्वानुमान महाशाखाले २८ गते सम्म वर्षा हुने बताएका छन

 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App