coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुर्व पश्चिम राजमार्ग अवरूद्ध, आधा दर्जन गाउँ डुबानमा

राैतहट - वर्षाका कारण जिल्लाको आधा दर्जन गाउँ डुबानमा परेको छ। बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गढो लगायतका गाउँ डुबानमा परेको हो।  तीन दिनेदेखि निरन्तर परेको वर्षा र झरीको कारण बागमती र लाल बकैया नदिमा ठूलो बाढी आएको छ ।

चाँदी, लमहा र झाझ खोलामा समेत बाढी आएको कारण उखु र धान बाली समेत डुबानमा परेका छन चुरे क्षेत्रमा भएको वर्षाको कारण चाँदी खोलामा आएको बाढीको कारण पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ। उक्त मार्गमा अन्तर्गतको चन्द्रनिगाहपुर चाँदी लचका नजिक गाडी रोकिएको छ।

खोलामा आएको बाढी र वर्षाको पानीले बिहान देखि अवरुद्ध राजमार्गमा केही बेर अघि देखि ठुला सवारी साधन सन्चालनमा आए पनि साना गाडीहरू जिप, कार, मोटरसाइकल भने गुड्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रबक्ता डिएसपी नवीन कार्कीले जनाए अनुसार बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा प्रहरी चौकी डुबानमा परिसकेका छन्।

 

प्रकाशित: २७ असार २०७६ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App