८ वैशाख २०८१ शनिबार
समाज

प्रधानमन्त्रीलाई ‘सिस्नो’ उपहार

सोलुखुम्ब – नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ सोलुखुम्बुले संयुक्त रूपमा प्रधानमन्त्रीलाई सिस्नो उपहार पठाएका छन् । सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणबाट पछि हट्ने निर्णय गरेको विरोधमा दबाबस्वरूप जिल्लाबाट अग्र्यानिक सिस्नो उपहारको रूपमा पठाइएको हो ।

तरुण दल र विद्यार्थी संघले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरमार्फत आयातित तरकारी र फलफूलको विषादी परीक्षण गर्न दबाबमूलक ज्ञापनपत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिस्नो पठाएका हुन् । ‘अग्र्यानिक तरकारीको प्रयोगमा ध्यान दिऔं’ भन्ने सन्देशसहित ग्रामीण भेगमा तरकारीको रूपमा प्रयोग गरिने सिस्नो प्रधानमन्त्रीलाई दबाबका लागि उपहार पठाएको नेपाल तरुण दलले जनाएको छ ।
 

प्रकाशित: २७ असार २०७६ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App