७ वैशाख २०८१ शुक्रबार
समाज

वृक्षरोपणमा सहभागिता बढाइने

रामेछाप – रामेछापको सदरमुकाम मन्थली र आसपासको सडक क्षेत्रमा वृक्षरोपणका लागि सहभागिता जुटाइने भएको छ । सामुदायिक विकास कार्यक्रमका निर्देशक मिलन घिसिङले सो परियाजनाअन्तर्गत मन्थलीदेखि खुर्कोट र मन्थलीदेखि रामेछाप बजारलगायत सडककिनारमा वृक्षरोपणको तयारी भएको बताए ।

यसका लागि परियोजनाले मात्र काम गरेर सम्भव नहुने भएकाले स्थानीयसँगको सहकार्यमा वृक्षरोपण गरिने उनले बताए । सामुदायिक विकास, सृजनशील युवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटा र जर्मन सरकारको सहयोगमा सञ्चालित वातावरण संरक्षण परियोजनाले सो विषयमा बिहीबार मन्थलीमा सरोकारवालासँग छलफल गरेका छन् ।

 

प्रकाशित: २७ असार २०७६ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App