coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिकित्सा आयोगको उपाध्यक्ष छनोट प्रक्रिया रोक : डा. केसी

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटको प्रक्रिया तत्काल रोक्न माग गरेका छन्। डा। केसीले त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगको उपाध्यक्षका लागि योग्य उम्मेदवारले दरखास्त नहालेको भन्दै छनोट प्रक्रिया तत्काल रोक्नका लागि माग गरेका हुन्।

सरकारले योग्य र सक्षमलाईभन्दा पनि पार्टीको स्वार्थअनुसार परिचालित हुने व्यक्तिलाई उपाध्यक्ष बनाउन खोजेको आरोप लगाउँदै उनले त्यस्ता व्यक्तिलाई उपाध्यक्ष स्वीकार गर्न नसकिने चेतावनी दिए। ‘सरकारले नियुक्ति प्रक्रियाको कर्मकाण्ड देखाएर पन्छिने हैन कि योग्य मान्छे खोजेर स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिने शर्तमा जिम्मेवारी सुम्पनुपर्छ,’ डा। केसीले भने।

डा. केसीले चिकित्सा शिक्षा ऐनका माफियामुखी प्रावधानहरु हटाउने गरी ऐन संशोधन गर्न तथा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्यक्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त गर्न माग गरेका छन्। त्यसो नगरिए कडा आन्दोलन गरिने उनको चेतावनी छ। आयोगको उपाध्यक्षका लागि गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले दाषी ठहर गरेर कारबाहीका लागि सिफारिस गरेका डा। निलमणि उपाध्ययसहित ६ जनाको आवेदन परेको छ। आयोगको उपाध्यक्षका लागि उपाध्यायसहित डा। श्रीकृष्ण गिरी, डा। प्रमोद साह, डा। पारस पोखरेल, डा। रमेश सिंह र नीलाम्बर झाले आवेदन हालेका छन्।

जेठ २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठन गरेकोे सिफारिस समिति गठन गरेको थियो। उक्त समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कको कार्यालयका सचिव विष्णुप्रसाद लम्साल र प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीका निजी चिकित्सक डा। दिव्या सिंह सदस्य छन्। समितिले तीस दिनभित्र उपाध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने छ। समितिले असार २४ गतेसम्मको समयसीमा तोकेर योग्य व्यक्तिहरूले दरखास्त दिन आह्वान गरेको थियो।

प्रकाशित: २७ असार २०७६ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App