प्रधानमन्त्रीले मागे माफी

शुक्रबार, २७ असार २०७६, ०७ : ०३ नागरिक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै नेपाली जनतासँग माफी मागेका छन्। प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नगराएका कारण गलत सन्देश गएकाले नेपाली जनतासामु लज्जित हुनुपरेको भन्दै माफी मागेका हुन्।

प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट कुनै पत्र नआएको दाबी गरेका थिए। तर सञ्चारमाध्यममा सप्रमाण पत्र आएको समाचार छापिएपछि ओलीले उक्त पत्रबारे आफूलाई जानकारी नगराइएको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई जानकारी नगराइएको बताए। ‘भारतबाट पत्र आएको रहेछ तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलें,’ प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु तर मलाई थाहा नदिइएकाले लज्जित हुनुप‍रेको छ। त्यसप्रति क्षमाप्रार्थी छु।’

प्रधानमन्त्री ओलीले नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दाबी गरे। ‘हाम्रा मन्त्रालयहरुलाई पनि यसबारे तयारी गर भनेर निर्देशन दिएँ तर तयारी पुगेको रहेनछ। मलाई केही अनुपयुक्त रिपोर्टिङ पनि भयो। त्यस प्रस्तावलाई मैले सच्याएर स्वीकार गरें। तरकारी जाँचेर मात्रै निर्यात गर्ने भन्ने निर्णय गरें तर जाँच्ने क्यापासिटी पुगेको रहेनछ’, प्रधानमन्त्री ओलीले भने। उनले २३ गते बेलुकामात्र भारतीय दूतावासको पत्रबारे थाहा पाएको बताए। मन्त्रिपरिषद्को असार १९ को बैठकले विषादी परीक्षण गरेर मात्र तरकारी तथा फलफूल आयात गर्न दिने यसअघिको निर्णय फिर्ता लिएको थियो। भारतीय दूतावासले पत्र लेखेर दबाब दिएपछि मन्त्रिपरिषद्ले निर्णय फिर्ता गरेको हो। भारतीय दूतावासले असार १४ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको थियो।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad