coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनीः सञ्चारमन्त्रीलाई सम्हाल्नुस्, लगाम उपहार पठाउन नपरोस्

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका मन्त्रीलाई संस्कार सिकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ। 

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसले विप्लव समूहको हिंसालाई प्रोत्साहन गरेको भन्दै ‘दिनभरी विपी, रातभर विप्लव हो?’ भन्ने प्रश्न गरेका थिए। 

सरकारका प्रवक्ताबाट यस्तो प्रश्न आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई आफ्ना मन्त्री सम्हाल्न आग्रह गरेका हुन्। 

शर्माले ट्वीटरमा भनेका छन्, ‘प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा। तब कुनै ‘फोटोकपी’ मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु? अराजनीतिक बोलीको जवाफ दिँदै हिँड्नु उचित हुन्न्। भनाई छ हलेदो भनेर चिकिसकेपछि धेरै कोट्याउनु हुन्न्। प्रधानमन्त्रीज्यू ‘लगाम’ उपहार पठाउँ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री?’

बिहीबारको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सत्ता गुमाएको पीडामा कांग्रेसले हिंसालाई प्रोत्साहित गरेर सरकारलाई खेद्न खोजेको बताएका थिए। उनले कांग्रेसको चारतारे झण्डामै प्रश्न उठाएका थिए। 

प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै `फोटोकपी´ मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न l भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न !@PM_Nepal `लगाम´ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?

— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 11, 2019

प्रकाशित: २६ असार २०७६ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App