coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा दुई दिनदेखि वर्षाः बगाएर एक बेपत्ता, ६ घर भत्कियो

रौतहट– दुई दिनदेखि निरन्तरको झरिले लाल बकैया नदीमा बगाएर एक जना बेपत्ता भएका छन्। ग्रामिण सडक हिलाम्मे भएका छन् भने अहिलेसम्म विभिन्न स्थानीय तहमा छ वटा घर भत्किएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

वर्षाको कारण लाल बकैया नदिमा आएको बाढीले सिमावर्ती भारतको बैरगनिया–फुलवरिया जोडने डाइभर्सन बगाएको छ। इशनाथ नगरपालिका–३ औरैया टोलका ३५ वर्षिय रामपुकार पटेल भारतबाट आफनो घरबाट फर्किने क्रममा लाल बकैया नदीको फुलबरिया घाटमा बनाएको डाइभर्सन खोलामा आएको बाढीले बगाएपछि डाइभर्सन छेउमै बनाएको रेल्वे लाइनको पुल माथिबाट मोटरसाइकलसहित आउँदै गर्दा विहिवार विहान ५ बजेको समयमा खोलामा झरेर वेपत्ता भएका हुन्।

पटेलसँगै यात्रा गरिरहेका अन्य भारतीय नागरिकहरुले खोलामा मोटरसाइकलसहित एकजना खसेर वेपत्ता भएको स्थानीय सुरक्षाकर्मीलाई जानकारी गराएपछि भारतीय सुरक्षाकर्मीहरुले विहानैदेखि उनको खोजी कार्य तिव्र पारेका थिए।

भारतीय सुरक्षाकर्मीहरुले खोलामा डुबेको स्थानबाट पटेल चढेको विआर ५५ ए ४१३८ नम्वरको मोटरसाइकल केही समयपछि भेटिएकाे छ। सोही नम्बरलाई भेरिफिकेशन गर्दा उक्त मोटरसाइकल पटेलको भएको जुन नेपाली युवक रहेको पुष्टि भएको भारतीय सुरक्षा अधिकारीले बताए। रौतहट प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीका अनुसार भारतीय प्रहरीसँग समन्वय गरेर खाेजि कार्य भइरहेकाे छ।

निरन्तर रुपमा भईरहेको असारे वर्षा र झरीका कारण लालबकैया खोलामा आएको बाढीले सिमावर्ती भारतीय क्षेत्रमा बनाइएको डाइभर्सन बगाएपछि सर्वसाधारण यात्रुहरुलाई रेल्वे लाइन भएर आवतजावत गर्नु पर्दा सोही क्रममा मोटरसाइकल लिएर हिडिरहेका पटेल अनियन्त्रित भई खोलामा खसेर उक्त घटना भएको भारतीय हिन्दुस्तान दैनिकका सबैरगनिया सम्बादताता राजकपुरले बताए।

असारे झरीले विभिन्न स्थानीय तहमा छ वटा घर भत्केका छन्।  इशनाथ नगरपालिका ३ औरैयाका दिपक सिंहको खपडाको घर भत्किँदा ६५ वर्षिया आमा उर्मिला देवी सिंह घाइते भएकि छिन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। यस्तै झरीसँगै चलेको हावाले परोहा नगरपालिकाको विभिन्न वडाका पाँच घर भत्किएका छन्। खपडा र फुसको घर भत्किएको नगरपालिकाका मेयर शेख वकिलले जनाएका छन्। घर भत्किएका परिवारलाई ओत लाग्नको लागि राहत सामाग्री उपलब्ध गराउने मेयर वकिलले बताए।

दुई दिनदेखि निरन्तर परिरहेको झरी र वर्षाको कारण लालबकैया र बागमती नदीमा जलस्तर वृद्धि भएपछि नदी किनारका स्थानीय त्रसित बनेका छन्। जिल्लामा अभिसमपको रुपमा रहेको वकैया र बागमति नदिमा पानीको सतह बढन थालेपछि जिल्ला विपद व्यवस्थापन समितिको बिहिवार वसेको बैठकले सावधानी अपनाउन आग्रह गरेका छन्। पानीको सतह बढेपछि सशस्त्र र नेपाल प्रहरीको गोताखोर टोली तयारी अवस्थामा रहेको प्रम्ख जिल्ला अधिकारी किरण थापाले नागरिक न्यूजलाई बताए।

हिलाम्मे बाटो, स्थानीयलाई सास्ती
असारे झरीका कारण सदरमुकाम गौरलगायतका जिल्लाका अधिकांश ग्रामिण भेगका कच्चि सडकहरु हिलाम्मे भएको कारण स्थानीयलाई उत्त बाटो भएर हिड्डुल गर्न निकै सास्ती खेप्नु परेको देखिएको छ।

सघन सहरी विकास डिभिजन कार्यालयद्धारा निर्माणाधिन सदरमुकाम गौरको वडा नम्वर २ जुद्ध माध्यमिक भएर जाने बाटो, वडा नम्वर ३ भएर बालेश्वरनाथ महादेव स्थान जाने बाटो अहिले वर्षाबाट हिलाम्मे भएको छ। सडक डिभिजन कार्यालय चन्द्रपुरबाट निर्माणाधिन सडक जयनगर देवाही हुदै मौलापुर जाने बाटो, सोही कार्यालयद्धारा निर्माणाधिन गौर गंगापिपरा समनपुर जाने रजैया सडक, गरुडा समनपुर सडकमा सम्बन्धित निकाय र निर्माण पक्षधरको चरम लापरवाहीका कारण समयमा बाटोको मर्मतसम्भारको कार्य नगर्दा उक्त सडकहरु हिलाम्मे भएपछि सो भेगका यात्रुहरुलाई निकै कठिनाई भोग्नु परेको छ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले २ वर्ष अघि ठेक्का सम्झौता गरिसकेको धरहरी देवाही सडकको काम समयमा सम्पन्न नगरेको कारण बर्षा याममा सडक हिलाम्य भएपछि दुख भोग्नु परेको स्थानीय धरहरीका राजेश साहले बताए। निर्माण कम्पनि थ्रेगिंग निर्माण सेवा कैलालीको लापरवाहीको कारण धरहरी देवाही सडक खण्डको अवस्था अति नै दयनिय बनेको निर्माण कम्पनीले बाटो बनाउनको लागि मोबिलाइजेसनको रकम निकालेर पनि सडक निर्माणको काम नगरेको कारण सो बाटो भएर आवत जावत गर्न निकै कठिनाइ भइरहेको राजेशले बताए।

देवाही गोनाही नगरपालिका अन्तर्गत पर्ने उक्त सडकको अवस्था एवं स्वरुप विग्रीएपछि सो नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेलले सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगा प्रसाद साहलाई अबिलम्ब बाटोको मर्मत गराई बाटो सुचारु गराउन आग्रह गरेको बताएका छन्।

गौर गंगा पिपरा समनपुर सड्क खण्डमा पर्ने मत्सरी, रजवाडा सम्म पुग्ने बाटोको अवस्था पनि भिन्न छैन्। गरुडा समनपुर सडक पनि वेहाल भएको छ। सडक डिभिजन कार्यालय चन्द्रपुरद्धारा निर्माण भईहरहेका सडकहरुको वर्षाका कारण संरचनाहरु बिग्रन थालेपछि सम्बद्ध निर्माण व्यवसायीहरुलाई कार्यालयमा बोलाएर उक्त बाटोहरुको तत्काल बनाउन निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकेको सडक डिभिजन कार्यालयका प्रमुख दरोगा प्रसाद साहले बताए।

ग्रामिण भेग देवाही गोनाही नगरपालिकाको धरहरीदेखि देवाहीसम्म जानेको सडक । तस्बिर नागरिक

 

प्रकाशित: २६ असार २०७६ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App