७ वैशाख २०८१ शुक्रबार
समाज

मोबाइल चार्ज गर्दा मृत्यु

झापा– झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ।

मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रतुवामाई–१ का गोल्छा महतोका छोरा रोशन स्थानीय ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए।

बालकको शवपरीक्षणका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्ता मेहन्द्रकुमार श्रेष्ठले बताए।

प्रकाशित: २६ असार २०७६ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App