६ वैशाख २०८१ बिहीबार
समाज

सिआइबीको डिएसपी भन्दै ठगी गर्ने पक्राउ

पक्राउ परेका व्यक्ति ।

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी भन्दै ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटले धादिङ धुनिबेँसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्रप्रसाद लुइँटेललाई नागार्जुन–७, सीतापाइलाबाट बुधबार पक्राउ गरेको हो।

लुइँटेल सशस्त्र प्रहरीको भगौडा रहेको खुल्न आएको छ। उनले आफू सिआइबीको डिएसपी भएको र आफ्नो सेक्युरिटी कम्पनी भएको बताउँदै सो कम्पनीमा शेयर हाल्नका लागि एक व्यक्तिसँग पटक–पटक रकम माग गरिरहेको प्रहरीले जनाएको छ।

चन्द्रागिरि–३ का विजय तामाङसँग आरोपी लुइँटेलले एक लाख ६० हजार रूपैयाँ मागेका थिए। तामाङले उनलाई १० हजार दिइसकेको र अन्य रकम माग गर्दै गरेको अवस्थामा लुइँटेललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार लुइँटेलको साथबाट रेडियो सेट एक थान, सो को चार्जर एक थान र नगद १० हजार बरामद गरिएको छ।

प्रकाशित: २६ असार २०७६ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App