इरानले भन्योः बेलायती तेल ट्यांकरमा आक्रमण गरिएको छैन्

बिहिबार, २६ असार २०७६, १६ : ३५ नागरिक

तेहरान– इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्याँकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ। बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ।

इरानी गार्डद्वारा जारी विज्ञप्तिमा विगत २४ घण्टामा बेलायती समेतका कुनै पनि जहाजमाथि आक्रमण नगरिएको उल्लेख छ। बेलायतले बिहीबार वक्तव्य प्रकाशन गरी तीन वटा इरानी डुङ्गामा आएका सशस्त्र समूहले अरब सागरमा बेलायती तेल ट्याँकरमा आक्रमण प्रयास गरेको दाबी गरेको थियो । बेलायती युद्धपोत एचएमएस मोन्ट्रोजले इरानी आक्रमणलाई निस्तेज बनाएको पनि बेलायतको भनाई छ।

विदेशी जहाजलाई नियन्त्रणमा लिन आदेश दिइएको भए इरानी गार्डले कुनै पनि विदेशी जहाजलाई “तत्कालै, निर्णायक र तिब्रता”का साथ गर्न सक्ने इरानले जनाएको छ।

जिब्राल्टरको तटीय क्षेत्रबाट गत जुलाई ४ मा इरानी तेल ट्याँकरलाई बेलायतले नियन्त्रणमा लिएपछि दुबै देशबीच तनाब जारी छ। करिब २० लाख ब्यारेल तेल बोक्ने क्षमताको ग्रेस १ नामको तेल ट्याँकर बेलायती रोयल मरिनको सहयोगमा जिब्राल्टरको भन्सार र प्रहरीले नियन्त्रणमा राखेको छ।

इरानी सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै इरानी राष्ट्रपति रौहानीले बेलायतले होर्मुजको जलक्षेत्रमा असुरक्षा बढाएको र त्यसको नतिजा बेलायतले भोग्नुपर्ने चेतावनी दिए।

सोमबार मात्र इरानका रक्षामन्त्रीले बेलायती कदमको प्रतिबाद गरिने बताए। इरानी तेल ट्याँकरको नियन्त्रण सामुद्रिक डकैतीको संज्ञा दिँदै इरानका ब्रिगेडियर जनरल अमिर हतामीले यसलाई आफूहरुले कहिल्यै स्वीकार्न नसक्ने र त्यसको प्रतिकार गरेरै छाड्ने चेतावनी दिए। एएफपी








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad