शेयर बजारः ओरालो यात्रा कायमै

बिहिबार, २६ असार २०७६, १६ : १८ नागरिक

काठमाडाैं– बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ।

यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अङ्कले घटेर २६८ दशमलव ३२ मा पुगेको छ । परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औषतमा समेटिएको छ । कूल १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता शेयर ४६ करोड ३६ हजार ५७१ रुपैयाँमा कारोवार भए।

कारोवार भएका ११ मध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ। बैंकिङ एक दशमलव नौ र जलविद्युत् एक दशमलव २७ अङ्कले बढेको छ। यस्तै होटल २० दशमलव ४४, विकास बैंक तीन दशमलव ५२, वित्त शून्य दशमलव ६१, निर्जीवन बीमा २ दशमलव ९९, उत्पादन १९ दशमलव २८, अन्य २ दशमलव १२, लघुवित्त ५ दशमलव ५३, जीवन बीमा २४ दशमलव ४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात अङ्कले घटेको छ। स्टकका अनुसार कारोबार रकमका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रह्यो। सो बैंकको पाँच करोड २९ लाख ६२ हजार २७६ रुपैयाँ मूल्यमा खरीद बिक्री भयो। यस्तै शिवम् सिमेन्ट  तीन करोड २० लाख दुई हजार १८९ रुपैयाँ, सिभिल बैंक एक करोड ७७ लाख ४२ हजार १६७ रुपैयाँ, एनआइसी एशिया बैंक एक करोड ७४ लाख १७ हजार ८०७ रुपैयाँ, एनसिसी बैंक एक करोड ४६ लाख एक हजार ८१९ रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ४५ लाख ५३ हजार ४२७ रुपैयाँमा कारोवार भई शीर्षस्थानमा रह्यो।

परिसूचक घट्दा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलव ७३ प्रतिशतले कमाए। यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स ३ दशमलव २५, घलेम्दी हाइड्रो २ दशमलव ३३, आइएमई जनरल इन्स्योरेन्स २ दशमलव २७, गुँरास लघुवित्त वित्तीय संस्था २ दशमलव शून्य चार र एनआइबीएल समृद्धि फण्ड १ का लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाए। यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनी ५ दशमलव ६७, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५ दशमलव १०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ४ दशमलव ३४, जोशी हाइड्रोपावर ३ दशमलव ७९, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३ दशमलव ६२ र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३ दशमलव ५१ प्रतिशतले गुमाए। रासस







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad