८ वैशाख २०८१ शनिबार
समाज

भारतीय राष्ट्रपति मुखर्जी पशुपतिनाथमा

पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न पुगेका भारतीय राष्ट्रपटि प्रवण मुखर्जी हात उठाएर अभिवादन गर्दै। तस्बिर: दिनेश गाेले

काठमाडौँ- तीन दिने  राजकीय भ्रमणमा काठमाडाैं अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जी बिहीबार विहान पशुपतिनाथ मन्दिर पुगेका छन्। पशुपतिनाथ मन्दिरमा  मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन्।

बिहीबार बिहान पशुपतिको पश्चिम मूलद्वारबाट  प्रवेश गरेका  मुखर्जीलाई  नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गरेका थिए। गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उनको स्वागत गरेका थिए।

राष्ट्रपति मुखर्जी गौशाला चोकबाट पशुपति परिसरमा प्रवेशका मुखर्जीको स्वागतमा धिमे बाजा, पञ्चेबाजालगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिएकाे थियाे।  बिहीबार बिहानको विशेष पूजालाई मध्यनजर गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । मित्रराष्ट्र भारतका राष्ट्राध्यक्षको विशेष पूजालाई अविस्मरणीय बनाउने गरी तयारी भएको सदस्य सचिव डा. टण्डनले बताए।

राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ। त्यसपछि कोषकातर्फबाट उनलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ।

भारतीय राष्ट्राध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लागेका हुन्। यसअघि पूर्वराष्ट्रपति के आर नारायणन्ले विसं २०५५ जेठमा पशुपतिमा फर्माइसी पूजा गरेका थिए।  पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारत एवम् विश्वभरका हिन्दू धर्मावलम्बीको विशेष आकर्षणको केन्द्र भन्ने गरिएको छ। रासस

प्रकाशित: १८ कार्तिक २०७३ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App