७ वैशाख २०८१ शुक्रबार
खेल

सेमिफाइनलमा मुख्य हतियार

बर्मिङ्घम, (एजेन्सी)– अस्ट्रेलियाका मिचेल स्टार्क यस विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डविरुद्धको खेलमा मुख्य हतियार हुन्।

तीव्र गतिमा बलिङ फ्याक्न सक्ने स्टार्कले यस विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरिरहेका छन्। यस विश्वकपमा अन्य कुनै पनि बलर स्टार्कको नजिक पुग्न सकेका छैनन्। उनले सर्वाधिक २६ विकेट लिँदा यस विश्वकपमा सर्वेश्रेष्ठ बलरका रूपमा आफूलाई उभ्याइरहेका छन्। साथै हरेक विपक्षी  ब्याट्सम्यानका लागि पनि उनी निकै चुनौतीपूर्ण बलर हुन्।

बिहीबार हुने सेमिफाइनल खेलमा लयमा रहेको इङ्ल्यान्डको शीर्ष क्रम पनि स्टार्कविरुद्ध सहज भएर खेल्नेछ। स्टार्क पनि सस्तैमा इङ्ल्यान्डको साझेदारी तोड्दै अस्ट्रेलियालाई बलियो स्थितिमा ल्याउने योजनामा हुनेछन्। स्टार्कले यस विश्वकपमा ९ खेलबाट २६ विकेट लिएका छन्। यसबीच स्टार्कले ५ मेडन राखेका छन्। स्टार्कले यस विश्वकपमा खेलेका सबै खेलमा विकेट लिएका छन्।

वेस्ट इन्डिज र न्युजिल्यान्डविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका स्टार्कले पाँच विकेट लिएका थिए। स्टार्कले वेस्ट इन्डिजविरुद्ध १० ओेभर बलिङ गर्दा १ मेडन राखेर ४६ रन खर्चिएका थिए। न्युजिल्यान्डसँग भने उनको प्रदर्शन सानदार थियो। उक्त खेलमा उनले ९.४ ओभर बलिङ गर्दा एक मेडन राखेर २६ रनको किफायती प्रदर्शन गरेका थिए। सेमिफाइनलमा अस्ट्रेलियाले बिहीबार इङ्ल्यान्डसँग खेल्दै छ।

यसअघि लिग चरणमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई हराउँदा पनि स्टार्कको प्रदर्शन निकै उच्च स्तरको थियो। सो खेलमा स्टार्कले चार विकेट लिँदा इङ्ल्यान्डको शीर्ष क्रम सस्तैमा आउट भयो। स्टार्कले सो खेलमा जो रुट, बेन स्टोक्स र कप्तान इयान मोर्गान जस्ता भरपर्दा ब्याट्सम्यानलाई आउट गरेका थिए। अस्ट्रेलियाले बिहीबार हुने सेमिफाइनलमा पनि स्टार्कबाट सोही किसिमको प्रदर्शनको आशा गरेको छ।

स्टार्कसँग त्यो क्षमता पनि छ। साथै पछिल्ला समय उनी लयमा रहेकाले उनको प्रदर्शन राम्रो हुनेमा दुई मत हुने छैन। सन् २०१० देखि अस्ट्रेलियाबाट एकदिवसीय क्रिकेटमा खेलिरहेका स्टार्क निकै अनुभवी बलरसमेत हुन्। उनले ८४ एकदिवसीय खेलमा १ सय ७१ विकेट लिएका छन्। त्यसैले पनि इङ्ल्यान्डका ब्याट्सम्यान स्टार्कको गल्तीमा मात्र रन बटुल्ने योजनामा हुनेछ।

प्रकाशित: २६ असार २०७६ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App