७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

महाथिरले मनाए ९४औं जन्मोत्सव

क्वालालाम्पुर – मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार आफ्नो ९४औं जन्मोत्सव मनाएका छन्। अहिले सरकारको नेतृत्वमा रहेका नेतामध्ये महाथिर सम्भवतः संसारकै सबैभन्दा ज्येष्ठ सरकार प्रमुख हुन्। हाल उनी दोस्रो चरणको राजनीतिक जीवनमा मलेसियाको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। गत मेमा भएको निर्वाचनमा उनको गठबन्धनले विजय हासिल गरेपछि उनी फेरी प्रधानमन्त्री बनेका थिए।

यसअघि उनले प्रधानमन्त्री भएका बेला देशका लागि अविस्मरणीय योगदान गरेर सक्रिय राजनीतिबाट टाढिँदै गएका थिए। तर देशमा भ्रष्टाचार र विकृति बढ्दै गएको भन्दै उनी फेरी सक्रिय राजनीतिमा फर्किएका हुन्। उनले आफूलाई जन्मदिनको अवसरमा शुभकामना दिने सबैप्रति धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

 

प्रकाशित: २६ असार २०७६ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App