८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

यमनमा ३० जनालाई मृत्युदण्डको फैसला

साना – विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ।

मृत्युदण्ड सुनाइएकामा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञ, प्राध्यापक र विद्यार्थी रहेका छन्। यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले पनि चिनिन्छ। यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा पक्राउ गरिएको थियो। नाम नबताउने सर्तमा एक अधिकारीले अदालतको आदेशका विरुद्ध अपिल गरिने जानकारी दिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

एम्नेस्टी इन्टरनेसनलले अदालतको आदेश ‘कानुनको उपहास’ भएको जनाउँदै गिरफ्तारीमा परेका सबैलाई तत्काल रिहा गर्न हुथी विद्रोहीसँग आग्रह गरेको छ। यमनमा विगत चार वर्षदेखि इरान समर्थित हुथी विद्रोही र साउदी अरब समर्थित तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सरकारी फौजबीच भीषण युद्ध जारी छ। यमन युद्धमा हजारौंको ज्यान गइसकेको छ भने लाखौं मानिस घरबार छाडेर अन्यत्र पलायन भएका छन्।

 

प्रकाशित: २६ असार २०७६ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App