coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेशसँग समन्वय नहुँदा अनुदानको बिरुवा थन्कियो

रसुवा – प्रदेश र स्थानीय सरकारको समन्वयको अभावमा कृषिसम्बन्धी कार्यक्रम प्रभावित भएको छ। जिल्लाको कालिका गाउँपालिका र प्रदेश ३ सरकारले एकै ठाउँमा कृषकलाई बिरुवा वितरण कार्यक्रम राखेपछि गाउँपालिका समस्यामा परेको छ। कृषकको मागको आधारमा गाउँपालिकाले एक हजार पाँच सय बिरुवा ल्याएकोमा कृषकले प्रदेशबाट निःशुल्क बिरुवा पाएपछि कार्यक्रम प्रभावित भएको हो।

कृषकको मागभन्दा थप गरी पालिकाले तीन सय बिरुवा ल्याएको थियो। त्यही समयमा प्रदेशले गाउँपालिका–३ मा तीन हजार बिरुवा निःशुल्क वितरण ग¥यो। प्रदेश ३ सरकारले भूसंरक्षण कार्यक्रममार्फत सो संख्यामा बिरुवा उपलब्ध गराएको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।

‘गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा दिन्छ,’ उनले भने, ‘प्रदेशले समन्वय नगरी निःशुल्क बिरुवा वितरण गरेपछि कृषकले उतैबाट बिरुवा लिए।’ अन्य कृषकलाई बिरुवा वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ। ‘आएका बिरुवा कसरी वितरण गर्ने भन्नेमा छलफल गरेर निर्णय लिन्छौं,’ उनले थपे। पालिकाले भुइँकटहर, कागती, अम्बा र आँपका बिरुवा ल्याएको थियो।
 

प्रकाशित: २६ असार २०७६ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App