६ वैशाख २०८१ बिहीबार
अर्थ

आरोहण बन्द हल्ला मात्रै

काठमाडौं – पर्वतारोहणका लागि खुला गरिएका चार सय १४ हिमालमध्ये कुनै पनि हिमाल आगामी बर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने निर्णय नभएको पर्यटन बिभागले प्रष्ट पारेको छ।

विभिन्न समाचार माध्ययमहरुमा आएका समाचारहरु प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै बिभागले विज्ञप्ति नै जारी गरेर उक्त समाचारहरुको खण्डन गरेको हो।

सगरमाथा लगाएतका कुनै पनि हिमाल आरोहणमा प्रतिवन्ध लगाउने निर्णय नभएको जनाउदै हल्लाको पछि नलाग्न पनि बिभागले सबैमा उनुरोध गरेको छ।

पर्यटन बिभाग होटल तथा पर्वतारोहण शाखाका निर्देशक मिरा आचार्यद्वारा जारी विज्ञप्तिमा पर्वतिय पर्यटनलाई कसरी विश्वकै व्यवस्थित र सुरक्षित बनाउने भनेर यस क्षेत्रमा रहेका बिद्यमान समस्याहरुको अध्ययन तथा समाधानका लागि सुझाव पेस गर्न समिति बनेको र कार्य आरम्भ भैसकेको अवस्थामा भ्रामक समाचार सम्प्रेषण भएको प्रति ध्यानाकर्षण भएको उल्लेख छ।

प्रकाशित: २६ असार २०७६ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App