८ वैशाख २०८१ शनिबार
समाज

सुरक्षाकर्मीबीच खुकुरी हानाहान

काठमाडौं– नेपाल आयल निगमको बबरमहलस्थित कार्यालयको सुरक्षामा खटिएका दुई सुरक्षाकर्मीबीच खुकुरी हानाहान भएको छ । प्रहरीले आफ्नै सहकर्मी वीरेन्द्र शाहीलाई खुकुरी प्रहार गरेको आरोपमा थानबहादुर लामालाई पक्रेको छ ।

प्रहरीका अनुसार बबरमहलस्थित निगमको कार्यालयमा ड्युटीमा खटिएका सुरक्षाकर्मीबीच आपसमा विवाद हुँदा थानबहादुर वीरेन्द्रलाई खुकुरी प्रहार गरेका थिए । प्रहरीले घटनामा घाइते वीरेन्द्रलाई उपचारका लागि वीर अस्पताल लगेको छ ।

यस्तै बानेश्वर सुकुमबासी टोल बस्ने विक्रम राई, बिक्रम घले मगर र समिर लिम्बूलाई  मंगलबार बानेश्वर क्याम्पसअगाडि अपरिचित व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएको छ । घाइेतमध्येका राई र मगरलाई शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा अनिस खत्रीसमेत ६ जनालाई नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित: १८ कार्तिक २०७३ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App