१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अर्जेन्टिनाका पूर्वराष्ट्रपतिको निधन

ब्यूनस आयर्स– अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृगौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ।

स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई ब्यूनस आयर्सस्थित अस्पतालमा भर्ना गरिएको थियो। अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रीले वरिष्ट राजनीतिक फर्नान्डोको निधनप्रति दुःख व्यक्त गरेका छन्।

पूर्व राष्ट्रपति फर्नान्डोको तीन वर्षअघि सन् २०१६ मा शल्यक्रिया गरिएको थियो । गत वर्ष पनि मुटुमा समस्या भएपछि उहाँको एन्जियोप्लास्टी गरिएको थियो।

पूर्व राष्ट्रपति फर्नान्डो सन् १९९९–२००१ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए। सिन्ह्वा

प्रकाशित: २५ असार २०७६ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App