७ वैशाख २०८१ शुक्रबार
कला

मदन पुरस्कारको लागि सात पुस्तकको सूची सार्वजनिक

काठमाडौं- मदन पुरस्कार -२०७५ को लागि श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले श्रेष्ठ सूची तयार गर्न गठित विज्ञ समितिबाट सिफारिस भएका सातवटा पुस्तकहरूको नाम सार्वजनिक गरेको हो। गुठीलाई प्राप्त भएका कूल २५७ कृतिहरूबाट छानिएका यी सात पुस्तकहरू मध्ये एकलाई २०७५ सालको मदन पुरस्कार अर्पण गरिनेछ।

छानिएका सात पुस्तकमा सानु शर्माको एकादेशमा, बिन्दु शर्माको ओक्‍कल दोक्‍कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमो फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाश रहेका छन्।          

 

 

प्रकाशित: २५ असार २०७६ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App