७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्वाभिमान रक्षाका लागि राष्ट्रिय एकता आवश्यकः रक्षामन्त्री

फाइल तस्बिर ।

काठमाडौं – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्।

उपप्रधानमन्त्री पोखरेलले हिमाल, पहाड र तराई एकजुट भएर अघि बढे मात्रै मुलुकको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजान सकिने स्पष्ट पारे।

बुधबार मधेसी आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको स्वाभिमानको रक्षा गर्न पनि सबै समुदाय एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए।

विभिन्न समुदायका आ–आफ्नै समस्या रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि विचार–विमर्श गर्दै अघि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए।

उनले नेपालको राष्ट्रियताको संरक्षणमा तराई, मधेसका थारुलगायतका समुदायले पु-याएको योगदानको उचित कदर हुने गरी खोज र अनुसन्धानका कामलाई अघि बढाउन विज्ञहरूलाई समेत सुझाव दिए।

प्रकाशित: २५ असार २०७६ ०७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App