८ वैशाख २०८१ शनिबार
राजनीति

कुन–कुन रूटमा बिहीबार मुखर्जीकाे सवारी हुन्छ ? (तालिका)

काठमाडाैं– महानरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार बिहान ९–११ बजेसम्म जोरपाटी–बौद्ध–मित्रपार्क–चाबहिल–गौशाला–एयरपोर्ट–तीनकुने–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–थापाथली  भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक सडक अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बिहान ९ः४५ देखि दिउँसो २ बजेसम्म जोरपाटी–बौद्ध–मित्रपार्क–चाबहिल–गौशाला–एयरपोर्ट–तीनकुने–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–भद्रकाली–थापाथली–कोटेश्वर–पुरानो बानेश्वर–शंखमूल–नागस्थान–सुन्धारा–न्युरोड भएर चल्ने सवारीसाधनलाई वैकल्पिक सडक अपनाउन अनुरोध गरेको छ ।

त्यसैगरी दिउँसो ४–६ बजेसम्म जोरपाटी–बौद्ध–मित्रपार्क–चाबहिल–गौशाला–एयरपोर्ट–तीनकुने–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–भद्रकाली–पुरानो बसपार्क–थापाथली–कोटेश्वर–पुतलीसडक–प्रदर्शनीमार्ग भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक सडक अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

साँझ ५–७ बजेसम्म सिंहदरबार–भद्रकाली–न्युरोड गेट–जमल–केशरमहल–लैनचौर–लाजिम्पाट–पानीपोखरी–सोह्रखुट्टे–जय नेपाल–कोटेश्वर–नागस्थान–ठमेल–क्षेत्र र साँझ ६ः३०–८ः०० बजेसम्म जोरपाटी–बौद्ध–मित्रपार्क–चाबहिल–गौशाला–एयरपोर्ट–तीनकुने–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–केशरमहल–लैनचौर–लाजिम्पाट–दरबारमार्ग–घन्टाघर–पुरानो बसपार्क–थापाथली–सोह्रखुट्टे–जय नेपाल–कोटेश्वर–पुरानो बानेश्वर भएर चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग अपाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यसैगरी बेलुकी ७ः४५–९ः४५ बजेसम्म जोरपाटी–बौद्ध–मित्रपार्क–चाबहिल–गौशाला–एयरपोर्ट–बत्तीस पुतली भएर चल्ने सवारीसाधनलाई वैकल्पिक सडक अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

१९ गते बिहान ९–११ बजेसम्म बौद्ध–चुच्चेपाटी–चाबहिल–मित्रपार्क–गौशाला–तिलगंगा–एयरपोर्ट–तीनकुने भएर चल्ने सवारीसाधनलाई वैकल्पिक सडक अपनाउन अनुरोध गरको छ ।
 

प्रकाशित: १८ कार्तिक २०७३ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App