४ वैशाख २०८१ मंगलबार
समाज

भोजपुर अपडेटः घाइते दुई प्रहरी जवानको उपचार हुँदैं

काठमाडौं - बुधबार बिहान नेत्र वित्रफम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताको गोली प्रहारबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ भने प्रहरीको जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ता समेत मारिएका छन्। विप्लवका कार्यकर्ताको गोली प्रहारबाट अन्य दुई जना प्रहरी जवान घाइते भएको भोजपुरका डिएसपी नरबहादुर सलामीमगरले जानकारी दिए।

'दुई जना प्रहरी जवान सामान्य घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।' उनले भने, 'अवस्था खतरामुक्त छ। जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। थप प्रहरी परिचालन गरिएको छ।'

बुधबार बिहान विप्लवका कार्यकर्ताको गोली लागि प्रहरी जवान सन्जिव राइ र जवाफी कारबाहीमा प्रहरीकाे गाेली लागेर विप्लवका नीरकुमार राइको मृत्यु भएको थियो।

प्रकाशित: २५ असार २०७६ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App