८ वैशाख २०८१ शनिबार
अर्थ

कालंगा हाइड्रोपावरमा तोडफोड

कालंगा हाइड्रोपावरको डोण स्थित कार्यालय भवन। तस्बिर : जगत/नागरिक

बझाङ – निजी लगानीमा सञ्चालन भइरहेको सुदूरपश्चिमको पहिलो कालंगा हाइड्रो पावरमा स्थानयले तोडफोड गरेका छन्। कालंगा हाइड्रोपावरमा कार्यरत डडेल्धुरा जिल्ला घर भएका टिपर चालक माधव बोहराले बुगंल नगरपालिका–२ की २० वर्षिया ललिता धामीलाई बलत्कारपछि हत्या गरेको प्रतिशोधमा स्थानीयले तोडफोड गरेका हुन्।

विद्यालयका शिक्षक, विद्यार्थी, व्यापारी र स्थानीयले उक्त घटनाको विरोध गर्दै हाइड्रोपावरका १० वटा बिराबगड र डौणका कार्यालयका भवन, टिपर, स्काइभेटर, डोजर, जिप तोडफोड गर्नुका साथै काम सञ्चालन गरे ज्यान लिने धम्कीसमेत दिएका छन्।

घटनाको स्थलगत अनुगमनपछि पत्रकारलाई जानकारी गराउँदै कालंगा हाइड्रोपावरका सञ्चालक विरेन्द्र बहादुर मल्लले स्थानीयले जेसिबी तीन, बोलोरोडा जिप १०, टिपर दुई,  भवन १० र कम्प्युटर, कुर्सी, टेबल, सोफा, पंखालगायत तोडफोड गरेको जानकारी दिए। करिब १५ करोडभन्दा बढीको सामान तोडफोड भएको उनको भनाइ छ।

प्रकाशित: २५ असार २०७६ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App