coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

वर्षाले पहिलाे सेमिफाइनल प्रभावित

म्यानचेस्टर – वर्षाका कारण अवरुद्ध भएको भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेल बुधबारबाट पुनः सुचारु हुने भएको छ। मंगलबार अबेरसम्म वर्षा भएपछि खेल रिजर्भ डेका लागि सारिएको हो। अब न्युजिल्यान्डले वर्षा हुनुभन्दा अगाडिकै स्थिति ४६.१ ओभरबाट ब्याटिङ गर्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को नियमअनुसार खेल रिजर्भ डेका लागि सारिएको हो। डक वर्थ लुइस पद्धतिमा भारतलाई लक्ष्य दिने प्रयास गरिए पनि निरन्तर वर्षाका कारण सो प्रयास सफल सकेन र खेल बुधबारलाई स¥यो।

बुधबारलाई सार्नुअघि न्युजिल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्दै ४६.१ ओभरमा २ सय ११ रन  बटुल्दा वर्षा भएपछि खेल रोकिएको थियो। न्युजिल्यान्डका केन विलियम्सनले  व्यक्तिगत ६७ रन जोड्दा न्युजिल्यान्डको इनिङ सम्हालिएको थियो।

सुरुआती दुई ओभरमा रन जोड्न नसेको न्युजिल्यान्डले तेस्रो ओभरमा मात्र रनको खाता खोलेको थियो। ३.३ ओभरमा मार्टिन गुप्टिललाई गुमाउँदा १ रन जोडेको न्युजिल्यान्डले ६९ रन जोड्दा दोस्रो विकेट गुमाएको थियो। हेनरी निकोलस २८ रन जोड्दा न्युजिल्यान्डको तेस्रो विकेट पतन भएको थियो।

यस्तै जेम्स निसम १२ रन जोड्दा हार्दिक पाण्ड्याको बलमा दिनेश कार्तिकबाट क्याच हुँदै पवेलियन फर्किंदा कोलिन डी ग्रान्डहोम १६ रनमा विकेटकिपर महेन्द्रसिंह धोनीबाट क्याच हुँदै पवेलियन फर्किएका थिए। क्रिजमा रहेका रोस टेलर र टम लाथम क्रमश ६७  र ३ रन बटुल्दै गर्दा वर्षा भएपछि खेल रोकिन पुगेको थियो।
न्युजिल्यान्डलाई सस्तैमा रोक्न भारतीय बलरले उत्कृष्ट बलिङ गरे। भुवनेश्वर कुँवर, जसप्रीत बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युजभेन्द्र चाहलले एक÷एक विकेट लिए।

लिगमा एक मात्र खेल हारेको भारतले ७ जित, १ हार र १ अनिर्णीत नतिजाका साथ १५ अंक जोडेको थियो भने ५ जित, ३ हार र एक अनिर्णीत नतिजाबाट न्युजिल्यान्डले ११ अंक जोडेको थियो। लिग चरणमा पाकिस्तान समान ११ अंक भए पनि न्युजिल्यान्ड रनरेटमा भाग्यमानी बन्दै अन्तिम चारमा प्रवेश गरेको थियो। लिग चरणमा भारत र न्युजिल्यान्डको खेल भने वर्षाले प्रभावित हुँदा दुवै टोलीले अंक बाँडेका थिए। विश्वकपअघिको वार्मअप खेलमा भने न्युजिल्यान्डले भारतलाई हराएको थियो।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल अस्ट्रेलिया र आयोजक इङ्ल्यान्डबीच बिहीबार हुनेछ। इङ्ल्यान्ड १९९२ पछि पहिलो पटक अन्तिम चारमा प्रवेश गरेको हो भने अस्ट्रेलिया साबिक विजेता हो। जारी प्रतियोगितामा इङ्ल्यान्ड शीर्ष तीनभित्र आटाउँदै अन्तिम चारमा स्थान बनाउँदा अस्ट्रेलिया शीर्ष दोस्रो टोली बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। न्युजिल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्दै ४६.१ ओभरमा २ सय ११ रन  बटुल्दा वर्षा भएपछि खेल रोकिएको थियो।

 

प्रकाशित: २५ असार २०७६ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App