coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बेइजिङमा नेपाली कला प्रदर्शनी

काठमाडौं–  चीनको बेइजिङस्थित जु लिन इस आर्ट सेन्टरमा नेपाली कलाकारका कलाकृतिहरुको प्रदर्शनी चलिरहेको छ । नेपालमा विगत दुई दशकदेखि नेपाली कलाको प्रवद्र्धन गर्दै आइरहेको थाङ्का हाउस तथा चीनको जु लिन इस आर्ट सेन्टरको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो ।

प्रदर्शनीमा १८ जना नेपाली कलाकारका कला रहेको थाङ्का हाउस ठमेलका सञ्चालक वीरेन्द्र शाहीले जानकारी दिए । आउँदो सोमबारसम्म चल्ने प्रदर्शनीमा नेपालबाट समुन्द्रमान सिंह श्रेष्ठ, मुकेश श्रेष्ठ र राजप्रकाश तुलाधर लगायत सहभागी छन् । त्यस्तै कलाकार पूर्ण हेय्जु, उदय बज्राचार्य, रितेश शाही, मदन किजु, हरिप्रसाद वैद्य, शुक्रराज तामाङ, रवीन्द्र मुनिकर्मी, देवेन्द्र सिंखवाल, शिवप्रसाद किजु, मिनु शाक्यका कला पनि छन् । चीनबाट चाहिँ कलाकार हान लि रोङका कलाकृति समेटिएको छ ।

नेपाल र चीनको सम्बन्ध प्रगाढ बनाउँदै दुई देशबीच कला आदानप्रदान गर्नु प्रदर्शनीको उद्देश्य रहेको छ । चिनियाँ कला प्रवद्र्धक गो जिङ चाओले नेवार कला प्रवद्र्धनका लागि चीनमा विगत १० वर्षदेखि शाहीसँग मिलेर काम गरिरहेका छन् ।

चाओले विशेषगरी नेवार कलालाई चीनमा चिनाउन ठूलो भूमिका निर्वाह गरेको समेत शाहीले बताए । ‘हामीले नेपाली कलाको प्रवद्र्धनसँगै सांस्कृतिक रुपमा एकअर्काका देशका कलालाई परिचित गराउने र कलाकारलाई अवसर प्रदान गरेको छ,’ उनले भने ।

चाओले थुप्रै नेवारी  कला संग्रह प्रदर्शनी गरेर सहयोग गरेको सहभागी कलाकार राजप्रकाश तुलाधरले उल्लेख गरे । यसले नेवारी कलालाई चीनमा चिनाउन मद्दत गर्नुका साथै कलाकार स्तर निर्धारण गर्न समेत सघाउने कलाकारहरु सुनाउँछन् । प्रदर्शनीमा सहभागी अर्का कलाकार मुकेश श्रेष्ठले सो प्रदर्शनीमा सहभागी हुँदा थप हौसला मिलेको बताए ।

नेपाली पौभा कलाका परिचित कलाकार समुन्द्रमान सिंह श्रेष्ठले चीनको भ्रमण र त्यहाँको कलाको माहोलले नयाँ सृजनातिर कलाकारलाई डोहो¥याएको बताए ।

प्रदर्शनीका लागि नेपालबाट गएको पाँच जनाको टोली आठ दिनको अवलोकन भ्रमणपछि फर्किसकेका छन् ।

 

 

प्रकाशित: १८ कार्तिक २०७३ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App