coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कक्षा ११ र १२ मा बढाइएको शुल्क खारेज गर्न अनेरास्ववियुको माग

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ। 

अनेरास्ववियुले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अनेरास्ववियुका कार्यबाहक संयोजक रञ्जित तामाङले बुझाएको ज्ञापन पत्रमा कक्षा १२ सम्म भर्ना भएका विद्यार्थीमध्ये २० प्रतिशतलाई निःशुल्क अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था सुनिश्चित गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ। 

कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क तत्काल खारेज गर्न सरकारसँग माग गरिएको अनेरास्ववियुका कार्यबाहक संयोजक तामाङले जानकारी दिए। उहाँले स्थानीय तहले विद्यालय तहको छात्रवृत्ति वितरणमा विभेद गरेको पाइएको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि सरकारसँग आग्रह गरिएको बताए। ज्ञापन पत्रमा विश्वविद्यालयको पदाधिकारी नियुक्ती पनि खुला प्रतिस्पर्धाको आधारमा गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिइएको छ।

यता, मन्त्री पोखरेलले पनि विद्यालय तह तथा विश्वविद्यालयमा देखिएको कमजोरीलाई सच्याउँदै अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले शिक्षालयहरुमा देखिएको समस्या समाधानका लागि सरकारले आवश्यक ऐन, कानुनलाई पनि निर्माण गर्दै अघि बढने योजना पनि सुनाए।

मन्त्री पोखरेलले स्थानीय तहमा देखिएको शिक्षासम्बन्धी समस्या पनि स्थानीय तहसँगै सहकार्य गरेर समाधान गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २४ असार २०७६ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App