८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनमा चालकलाई मृत्युदण्ड

शेनयाङ– चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ। उक्त घटनामा अरु २० जना घाइते भएका थिए।

हान जिहुवा नाम गरेका अभियुक्तले सेडान कार ६० जना केटाकेटीको भिडमा दौडाएका थिए। गत वर्ष नोभेम्बर २२ मा भएको उक्त घटनामा दुई शिक्षक पनि घाइते भएका थिए।

उक्त घटनापछि फरार भएका ती गाडी चालकलाई प्रहरीले पक्राउ गरेको थियो। अदालतले आदेशमा हान जिहुवाले जानाजान बालबालिकामाथि गाडी दौडाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ। अपराधको प्रकृति र सामाजिक असर दुवै पक्षलाई अध्ययन गरी मृत्युदण्ड दिइएको अदालतले जनाएको छ।  सिन्ह्वा

प्रकाशित: २४ असार २०७६ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App