८ वैशाख २०८१ शनिबार
समाज

बाल यौन दुराचार: क्यानेडियन नागरिक पिटरलाई नौ वर्ष जेल

काठमाडौं- बाल यौन दुराचारको आरोपमा थुनामा रहेका एक क्यानेडियन नागरिकलाई जिल्ला अदालतले ९ वर्षको जेल  सजाय सुनाएको छ। ६१ वर्षीय क्यानेडियन नागरिक पिटर जोन डालल्गिसलाई जिल्ला अदालत काभ्रेले ९ वर्षको जेल सजाय सुनाएको हो।

विशेष सूचनाको आधारमा २०७४ चैत्र अन्तिम साता काभ्रेपलाञ्चोक, मण्डन देउपुर नगरपालिका १ स्थित चिलकाजी महर्जनको घरबाट पिटर पक्राउ परेका थिए। बन्धक बनाइ राखेका १२ र १४ वर्षका २ नेपाली पीडित बालकलाई समेत प्रहरीले उद्दार गरेको थियो।

नेपाली बालकलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार जस्तो अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरी जिल्ला अदालतमा मुद्दा चलाएको थियो।

पिटरले नेपालमा पछिल्लो केही वर्षदेखि हिमालय कम्युनिटी फाउन्डेशन नामक संस्था सञ्चालन गरी गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेको र ती समुदायका बालकलाई पढाईदिने, बिदेश घुमाईदिने, ठूलो भएपछि जागिर लगाईदिने भन्दै समाजसेवीको आवरणमा स(साना बालकहरूलाई यौन शोषण गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) दिपक रेग्मीले बताए।

पिटर युद्भ पीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेको, ३ वटा मानार्थ बिध्यावारिधि प्राप्त गरेको, सडक बालक अन्तर्राष्ट्रियको संस्थापक रहेको, युएन ह्याबिटेट अफगानिस्तानमा कन्ट्री रेप्रिजेन्टिभको रूपमा समेत काम गरेका थिए।

प्रकाशित: २४ असार २०७६ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App