४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

फ्रान्सले प्रत्येक हवाई टिकटमा १८ युरो कर लिने

पेरिस– फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो (२० अमेरिकी डलर) सम्म कर लिने घोषणा गरेको छ।

फ्रान्सेली यातायात मन्त्री एलिजाबेथ बोर्नका अनुसार यस्तो रकमलाई कम प्रदूषणयुक्त यातायात प्रणालीका परियोजनामा खर्च गरिनेछ।

आगामी सन् २०२० देखि प्रयोगमा ल्याइने यस योजना अन्तर्गत आन्तरिक उडान र युरोपभित्रमा इकोनोमी श्रेणीका टिकटमा १.५ युरो तथा युरोपबाहिर उडान भर्ने बिजनेस श्रेणीका यात्रुमाथि सबैभन्दा बढी कर लिइनेछ, मन्त्री बोर्नले उल्लेख गरिन्। एएफपी

प्रकाशित: २४ असार २०७६ ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App