६ वैशाख २०८१ बिहीबार
खेल

सदस्यसचिव भण्डारीद्वारा पदभार ग्रहण

काठमाडाैं- नेपालकै पहिलो प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवको रुपमा सूर्य भण्डारी नियुक्त भएका छन्। ३ नम्बर प्रदेश सरकारले भण्डारीलाई प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवमा नियुक्त गरेको हो।

मंगलबार राजधानी हेटौंडामा एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले सदस्यसचिव भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका छन्। प्रदेश नं ३ को यही असार ९ गते बसेको मन्त्री परिषदको बैठकले प्रदेश खेलकुद बिकास परिषदको सदस्य सचिवमा काठमाडाैं ३१ स्थायी निवासी भण्डारीसहित ६ जना सदस्यहरु नियुक्त गरेको थियो। मन्त्री स्वयम् अध्यक्ष हुने ब्यवस्था रहेका परिषदमा बाँकी सदस्यहरु सामाजिक विकास मन्त्रीले नियुक्त गर्नेछन भने परिषदको पदेन सदस्यमा प्रदेश प्रहरी प्रमुख, सामाजिक बिकास मन्त्रालयका सचिव, प्रदेश याेजना आयागका सचिव रहनेछन्।

सदस्य सचिव भण्डारी खेलकुद क्षेत्रमा राम्रो ब्यबस्थापकीय क्षमता भएको ब्यक्तिको रुपमा परिचित छन्। उनले राष्ट्रिय खेलकुद परिषद अन्तर्गतको राष्ट्रिय बिद्यालय तेक्वान्दो महासंघको कोषध्यक्ष हुदै महासचिव, नेपाल क्वानमुकान कराँते दो संघको उपाध्यक्ष, नेपाल एजुकेसन एण्ड स्पोर्टस फाउण्डेसनको प्रमुख ब्यवस्थापक र नेपाल बिद्यालय खेलकुद महासंघको महासचिवको रुपमा लामो समय काम गरेका छन्।

ब्यवस्थापन र शिक्षा संकाय दुबैमा स्नातकोत्तर गरेका भण्डारीले शिक्षा संकायमा ऐच्छिक बिषयमा स्वास्थ्य तथा शारीरिक बिषय अध्ययन गरेका छन्।

सदस्यसचिव भण्डारीले लामो समयदेखि एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय सचिवालय सम्मको र नेकपाको सहायक संगठन वाइसिएल नेपालको केन्द्रिय खेलकुद बिभागको सचिव सम्मको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

प्रकाशित: २४ असार २०७६ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App