८ वैशाख २०८१ शनिबार
समाज

नेकपाको ७९ वडा कमिटीलाई शपथ

खोटाङ – पार्टी एकतालाई पूर्णता दिने क्रममा नेपाल कम्युनिष्ट पार्टीले खोटाङका सबै ७९ वडा कमिटीलाई शपथ खुवाएको छ। नेकपाले दुई नगरपालिका र आठ गाउँपालिकाका सबै वडा कमिटीलाई शपथ खुवाएको हो।

गत जेठ १४ गते नेकपाका १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले जिल्ला कमिटीलाई शपथ खुवाएलगत्तै नगरपालिका/गाउँपालिका र वडा कमिटीलाई शपथ खुवाउन थालिएको नेकपा खोटाङका सचिव रामप्रसाद दंगालले बताए।

जिल्लाका कुल वडामध्ये ४५ वडामा पूर्वएमाले र ३४ वडामा पूर्वमाओवादीको नेतृत्वमा वडा कमिटी गठन गरिएको छ। यस्तै १० स्थानीय तहमध्ये ६ स्थानीय तहको अध्यक्ष पूर्वएमालेले र चार स्थानीय तहको अध्यक्ष पूर्वमाओवादीले पाएको नेकपाले जनाएको छ।

प्रकाशित: २४ असार २०७६ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App