सर्पले डसेकी बालिकाको मृत्यु, अस्पताल तोडफोड

मङ्गलबार, २४ असार २०७६, १२ : ३७ टंक क्षेत्री

सर्लाही – सर्पले डसेकी बालिकाको उपचारमा लापरबाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित भीडले सोमबार राति सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा तोडफोड गरेको छ।

हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी साढे २ वर्षीया छोरी सम्पदालाई सोमबार साँझ सर्पले डसेपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो। अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै आक्रोशित आफन्त सहितको समूहले अस्पतालमा तोडफोड गरेका हुन्। बालिकालाई अस्पतालमा ल्याउनेबित्तिकै उपचारमा संलग्न एक मात्र स्वास्थ्यकर्मीले मादक पदार्थ सेवन गरेको र अन्य स्वास्थ्यकर्मी बोलाउँदा समयमै नआएकाले मृत्यु भएको भन्दै आफन्त एवम् अन्य स्थानीयले आक्रोश व्यक्त गरेका छन्। 

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाएपछि आफन्तले राति १ बजे शव बुझेको हरिवन नगररपालिका मेयर गणेश प्रसाईंले जानकारी दिए। ‘अस्पतालका कर्मचारीले मादक पदार्थ सेवन गरेको र बाहिर रहेका डाक्टरसमेत बोलाउँदा समयमै नआएको भन्ने मृतकका आफन्त एवम् स्थानीयबाट गुनासो आएको छ,' मेयर प्रसाईंले भने, ‘सर्पदंशजस्तो उपचार गर्ने संवेदनशील संस्था अलि व्यवस्थित नभएको देखियो।’ उपचारमा संलग्न एक स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तोडफोडबाट भेण्टिलेटर तथा आइसियूको मोनिटरलगायत उपकरण एवम् भवनका झ्यालका सिसाहरुमा क्षति पुगेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष बोधराज काफ्लेले जानकारी दिए। ‘ठूलो दुःख गरेर भेन्टिलेटर तथा आइसियू जडान गरिएको थियोुअध्यक्ष काप्mलेले भने, ‘अस्पतालका डाक्टरसहित स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ, अब अस्पताल सञ्चालन नै गर्न नसकिने अवस्था आएको छ।’ चिकित्सक अर्जुन लामालगायत स्वास्थ्यकर्मीको टोलीमाथि कुटपिट भएको उनको भनाइ छ।
सर्पले दुई ठाउँमा डसेको र सानी बालिका भएकाले उपचारमा जति प्रयास गरे पनि बचाउन नसकिएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अध्यक्ष काफ्लेले दाबी गरे।

सर्पदंशको प्राथमिक उपचार मात्र हुँदै आइरहेको नवलपुर स्वास्थ्यचौकीमा गत जेठमा मात्र प्रदेश सरकारको ३० लाख तथा लालबन्दी नगरपालिकाको पाँच लाख गरी ३५ लाख रुपैयाँ खर्च गरेर आइसियू एवम् भेन्टिलेटर जडान गरिएको थियो। सोमबार रातिको तोडफोड एवम् स्वास्थ्यकर्मीमाथिको कुटपिटका कारण उपचार सेवा बन्द भएको अध्यक्ष काफ्लेले जानकारी दिए।







यसमा तपाईको मत

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad