coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साढे दुई अर्बको चियानिर्यात हुने

इलामको कन्याम चियाबगानमा हरियो पत्ती टिप्दै मजदुर ।

काठमाडाैं–  अनुकूलमौसम हुँदा यस वर्ष चियाउत्पादनबढेको छ ।उत्पादनबढेसँगैचालु आर्थिक वर्ष ०७३÷७४ माकरिब साढे २ अर्ब रुपैयाँको चियानिर्यात हुने भएको छ ।

उपयुक्तहावापानी, रोगकिराको प्रकोप न्यूनहुँदा यो वर्ष करिबहजार मेट्रिक टन धेरै चियाफलेको हो । उत्पादनबढेर २२ हजार मेट्रिक टन पुगेकोचियातथाकफीविकास बोर्डले जनाएको छ । ‘गतवर्षको तुलनामाचियाको पत्तीधेरै फलेको छ,’ चियातथाकफीविकास बोर्डकाकार्यकारी निर्देशक शेषकान्तगौतम भने, ‘उत्पादन बढेकाले धेरै निर्यात हुने देखिएको छ ।’ आर्थिक वर्ष ०७२÷७३माकरिब २१ हजार मेट्रिक टन चियाउत्पादनभएको थियो ।

उत्पादन बढेकाले पोहोरभन्दाकरिब ३० करोड रुपैयाँको धेरै चियानिर्यात हुने भएको हो ।गतवर्ष करिब २ अर्ब १० करोडको निर्यात भएकोमाचालु आर्थिक वर्षमाकरिब साढे २ अर्ब रुपैयाँको चियानिर्यात हुने कृषिविकास मन्त्रालयले जनाएको छ । ‘उत्पादन बढेकोले २ अर्ब ४० करोडको चियानिर्यात गर्ते तयारी छ,’ मन्त्रालयकाप्रवक्ता योगेन्द्र कार्कीले भने, ‘नेपालचियामाआत्मनिर्भर बनेको छ ।’

गतवर्ष विदेशी ब्रान्डको ५ करोडको चियाआयातभएकोमा यो वर्ष करिब ४ करोडकोमात्रआयातहुने अनुमानगरिएको छ ।
आर्थिक वर्ष ०७२÷७३मा १९ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा खेतीभएकोमाआर्थिक वर्ष ०७३÷७४मा १९ हजार ७ सय ५० हेक्टरमा खेतीभएको मन्त्रालयले जनाएको छ ।      

नेपालको चियाको अन्तर्राष्ट्रिय बजारमामागउच्च रहेकोले किसानचिया खेतीमाआकर्षित छन् । अहिले यहाँउत्पादनभएको सिटिसी चिया ६० प्रतिशत र अर्थोडक्स चिया ९० प्रतिशतविदेशीबजारमाबिक्री हुन्छ ।

पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचचर, धनकुटा, इलाम, झापालगायतजिल्लामाचियाको व्यावसायिक खेतीहुन्छ । अहिलेसम्म नेपालीचियानपुगेका मुलुकबाट समेत यहाँको चियामागहुनथालेपछि किसानले उत्पादन बढाउँदै लगेका छन् । सिटिसी चियाभारत हुँदै अन्तर्राष्ट्रिय बजारमागएपनिअर्थोडक्स चियानेपालीउद्योगीमार्फत विदेश निर्यात हुन्छ ।
सिटिसी चियाकरिब २ लाखकिलो उत्पादन हुन्छ । सोमध्येको ४० प्रतिशत स्वदेशीबजारमा र ६० प्रतिशतविदेशीबजारमाबिक्रीहुने गरेको छ । ‘अर्थोडक्स चिया ९० प्रतिशतविदेश निर्यात हुन्छ,’ कार्यकारी निर्देशकगौतमले भने, ‘१० प्रतिशतमात्र घरेलु बजारमाखपत हुन्छ ।’ नेपालमादूधहालेर चियाखाने प्रचलन रहेकोले सिटिसी चियाउपभोग गर्छन् । सिसिटी चियाको मुख्यबजार भारत रहे पनिअर्थोडक्स भारत सहित अमेरिका, फ्रान्स,जर्मनीलगायतमुलुकमानिर्यात हुन्छ ।

सिटिसी चियाप्रतिकिलो २ सय ७० रुपैयाँ र अर्थोडक्सचियान्यूनतम २ सयदेखि ५ हजार रुपैयाँकिलोसम्मबिक्रीहुने गरेको गौतमले बताए । ‘गुणस्तरीय अर्थोडक्स चियाउत्पादनगर्न सके अन्तर्राष्ट्रिय बजारमानिकै महँगोमाबिक्री हुन्छ,’ गौतमले भने ।
उत्पादन राम्रो भएको भएपनिनेपालीचियाले अपेक्षाकृत बजार प्राप्तगर्न सकेको छैन । सिटिसी चियाभारतीयबजारमाजाने भएकालेदार्जिलिङकाव्यापारीले दुःखदिने गरेका छन् । ‘दार्जिलिङे चियाको बजार प्रवद्र्धन गर्न नेपालीचियालाई ल्याब टेस्टको बहानामा झन्झट दिइरहेका छन्,’ गौतमले भने, ‘यो समस्यासरकारले सुल्झाउनु पर्छ ।’

चिया रोपेकोतीनवर्षमानै उत्पादन दिन्छ । करिब हजार मिटर तलको उचाइमायसको खेतीहुँदै आएको छ । बोर्डकाअनुसार अहिले १८ हजार किसानले खेतीगरिरहेको छन् । हरेकवर्ष चियाको उत्पादन र क्षेत्रफल वृद्धि हुँदै गएको छ । किसानले अहिले चिया टिपेर बिक्रीगरिरहेका छन् । मंसिरसम्मचिया टिप्ने क्रमजारी रहन्छ ।

चियाको सार्वजनिकखरिद–बिक्रीहुने स्थान ‘अक्सन’ स्थापनानहुँदास्वदेशीउत्पादनअन्तर्राष्ट्रिय बजारमाकिनबेचमाअझै कठिनाइ रहेको सरोकारवाला बताउँछन् । नेपालीचियाको ठूलो परिणाम भारत हुँदै विदेशीबजारमाजाने गरेपनि ‘अक्सन’अभावमा यहाँबाट सिधै ‘अन्तर्राष्ट्रिय बजार’मानिर्यात भएको छैन ।

बेलायतबाट सुरु भएको यो ‘अक्सन’विधिभारतले सन् १९८०देखिनै प्रयोगमाल्याएपनिनेपालमाअझै छैन । अक्सन सुरु गरे नेपालीचियाको ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा स्थापितहुनेबोर्डकानिर्देशकगौतमले बताए । ‘अक्सन स्थापनाभएअन्तर्राष्ट्रिय व्यापारीले सिधै नेपालको चिया किन्छन्,’ उनले भने, ‘यसले हाम्रो चियालाई अन्तर्राष्ट्रिय बजारमाप्रवद्र्धन गर्छ ।’ अक्सन सञ्चालनमाआएखरिद–बिक्री एकै ठाउँमा हुने भएकोेले चियाको गुणस्तर कायमगर्न पनि सजिलो हुनेछ । यो विधिमार्फत बिक्री सुरु गरे एकै ठाउँमा मूल्यनिर्धारण हुने भएकोलेपारदर्शी पनि हुन्छ ।

 

प्रकाशित: १८ कार्तिक २०७३ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App