८ वैशाख २०८१ शनिबार
समाज

गाँजाको बोट नष्ट गर्दै प्रहरी

दिक्तेलमा गाँजा फँडानी गर्दै प्रहरी। तस्बिर सौजन्य: जिल्ला प्रहरी कार्यालय

खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलको हाटडाँडा क्षेत्रमा गाँजाको बोट नष्ट गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलको हाटडाँडा क्षेत्रमा करिब अढाई सय बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए।

विभिन्न व्यक्तिको जग्गामा गाँजा हुर्केको जानकारी प्राप्त भएको आधारमा सोमबार प्रहरीको टोली पुगेर गाँजा फँडानी गरेको हो। स्थानीयले भने व्यावसायिकरूपमा गाँजा नलगाइएको तथा आफैं उम्रेको बताएको प्रहरीले जनाएको छ। प्रहरीले हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, बाहुनीडाँडालगायतका क्षेत्रमा पनि फाट्टफुट्ट गाँजाको बोट नष्ट गरेको प्रहरी निरीक्षक कट्वालले बताए।

विगतका वर्ष हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, डिकुवा, बडहरे, बाहुनीडाँडा, मंगलटार, च्यास्मीटारलगायतका ठाउँमा गाँजा खेती लगाउने गरिएकामा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा लगाउन छाडिएको छ। उदयपुरबाट आउने गाँजा ठेकेदारले अग्रिम भुक्तानी दिएर किसानलाई यसको खेतीतर्फ उक्साउने गरेका थिए।

प्रकाशित: २४ असार २०७६ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App