coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्पको बिगबिगी बढ्दै

सर्पदंश उपचार केन्द्रका सञ्चालकलाई सर्पदंश उपचारार्थ उपकरण हस्तान्तरण गर्दै मेयर श्रेष्ठ। तस्बिरः नागरिक

कटारी (उदयपुर) – उदयपुरमा गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी पनि बढेको छ। केही दिनयता जिल्लाको पश्चिमी कटारी नगरपालिकाका विभिन्न वडामा विषालु सर्पको बिगबिगी बढ्दै गएपछि सर्पदंशका घटना पनि बढेका छन्।

कटारी–३ स्थित नेपाली सेनाको ताराघारी गुल्म रबेलसोतस्थित गणमा दैनिक आधा दर्जन बढी सर्पदंशका बिरामी आउने गरेको उपचार केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार दैनिक कम्तीमा ५–६ जनाका दरले सर्पले डसेका बिरामी उपचारार्थ गण र गुल्ममा आउने गरेपछि औषधि अभाव हुन लागेका बेला कटारी नगपालिकाले सहयोग गरेको छ। सर्पदंशका घटना बढेसँगै कटारी नगरपालिकाले दुवै उपचार केन्द्रलाई आवश्यक औषधि र उपकरण खरिद गरी हस्तान्तरण गरेको छ।

कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सर्पको डसाइबाट कसैको ज्यान नजाओस् भनेर आवश्यक औषधि र उपकरण सहयोग गरिएको बताए। उनका अनुसार नगरपालिकाबाट सर्पदंशबाट बच्न चाहिने ३३ प्रकारका विभिन्न खाले औषधि तथा ११ प्रकारका उपकरणहरू उपलब्ध गराइएको छ। त्यसका लागि नगरपालिकाले चार लाख ५० हजार खर्च गरेको मेयर श्रेष्ठले जानकारी दिए।

नगरपालिकामै सोमबार आयोजित एक कार्यक्रममा मेयर श्रेष्ठले औषधि र उपकरण दुवै उपचार केन्द्र सञ्चालक समितिलाई हस्तान्तरण गरे। कटारीमा रहेका दुवै सैनिक ब्यारेकका उपचार केन्द्रमा उदयपुरबाहेक ओखलढुंगा र सिन्धुलीबाट समेत सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्।

प्रकाशित: २४ असार २०७६ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App