coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ड्युटी अफिसरलाई निलम्बन गर्ने तयारी

काठमाडौं - महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएपछि ड्युटी अफिसर र इन्चार्जलाइ  निलम्बन गर्ने तयारी गरिएको छ। मंगलबार राति ड्युटीमा रहेका प्रहरी र इन्चार्जलार्ई महानगरीय प्रहरी कार्यालयमा बोलाएर सोधपुछ कार्य गरिरहेको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए।

'उनीहरुलाई हामीले कार्यालयमा बोलाएका छौं। डिउटी अधिकृतसहित चार जनालाई तत्कालै निलम्बन गरेर थप अनुसन्धान अघि बढाउँछौं। रातिको डिउटीमा रहेका डिउटी अफिसर र इन्चार्जलाई कारबाही हुन्छ।' उनले भने। ड्युटीमा रहेका प्रहरी र इन्चार्जकाे परिचय भने उनले खुलाएनन्।

गए राति प्रहरी प्रभाग भैंसेपाटीबाट विभिन्न मुद्दामा थुनामा रहेका रविनकुमार तिमिल्सेना, सम्शेर माझी र रुद्रलाल श्रेष्ठ गरी तीन जना थुनुवा कक्षको ग्रील ताेडेर फरार भएका थिए। फरार भएका तिमिल्सेना लागुऔषध मुद्दामा र अन्य दुई जना डाका चोरी मुद्दामा थुनामा थिए। 

उनीहरुको खोजीका लागि उपत्यकामा व्यापक प्रहरी परिचालन गरिएको छ। घटना बारे थप अनुसन्धान गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा छानबिन टोली बनाइएको प्रहरीले जनाएकाे छ।

प्रकाशित: २४ असार २०७६ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App