८ वैशाख २०८१ शनिबार
खेल

उच्च मनोबलमा भारत

म्यानचेस्टर – साबिक उपविजेता न्युजिल्यान्ड र भारत इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपमा मंगलबार फाइनल प्रवेशका प्रतिस्पर्धा गर्दै छन्। शीर्ष टोली भारतले चौथौ स्थानमा रहेको न्युजिल्यान्डसँग खेल्दा जितको खोजीमा हुनेछ। आयोजक इङ्ल्यान्डसँग मात्र पराजित भएको भारत शीर्ष बन्दा उच्च मनोबलमा छ। भारतीय ब्याट्सम्यान पछिल्ला खेलमा निकै लयमा देखिएका छन् भने न्युजिल्यान्डले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाउन  सफल भएको हो।

भारत जारी विश्वकपमा सबैभन्दा धेरै रन बनाएका रोहित शर्माको लयलाई लिएर बढी आत्मविश्वासी रहनेछ। विश्वप्रख्यात भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको कीर्तिमाननजिक पुगेका रोहितको प्रदर्शन यस विश्वकपमा निकै नै उत्कृष्ट छ। जारी विश्वकपमा उनले पाँच शतक प्रहार गर्दा ६ सय ४७ रन पूरा गरेका छन्। सचिनले ६ सय ७३ रनको कीर्तिमान बनाएका छन्। उनले २७ रन जोड्न सके तेन्दुलकरको कीर्तिमान भंग गर्नेछन्। रोहितका अलावा कप्तान विराट कोहली पनि भारतीय टोलीका अर्र्का भरपर्दा खेलाडी हुन्। महेन्द्रसिंह धोनी, रवीन्द्र जाडेजा, हार्दिक पाण्ड्याजस्ता खेलाडीले भारत ढुक्क छ। तर भारतलाई न्युजिल्यान्डका बलरसामु ब्याटिङ गर्नु निकै चुनौतीपूर्ण छ। न्युजिल्यान्डको बलिङ पक्षमा  ट्रेन्ट बोल्ट र लकी फर्गुसनजस्ता खेलाडीलाई सामना गर्नुपर्नेछ। फर्गुसनले एकदिवसीय क्रिकेटका शीर्ष दुई ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीलाई रोक्ने प्रयास गर्नेछन्।

केन विलियम्सनको किवी टोली पनि भारतविरुद्ध निकै संयमित भएर खेल्नेछ। जारी विश्वकपमा केन विलियम्सन उत्कृष्ट ब्याटिङ गर्ने खेलाडी सूचीको छैटांै नम्बरमा छन्। उनले जारी प्रतियोगितामा ४ सय ८१ रन बनाएका छन्। लयमा रहेका उनकै उत्कृष्ट ब्याटिङ मद्दतमा किवी टोली भारतविरुद्ध ढुक्क भएर खेल्ने सोचमा छ। न्युजिल्यान्डको इनिङ मध्यक्रमका कप्तान केन विलियम्सन, रस टेलर र जेमी निसमले सम्हाल्दै आएका छन्। सँगै अघिल्ला खेलमा गरेको गल्तीलाई सुधार्दै जित निकाल्ने सोचमा न्युजिल्यान्ड छ। यसका अलावा ब्याट्सम्यान मार्टिन गुप्टिल, रस टेलर, कोलिन डी ग्रान्डहोम, कोलिन मुनरोजस्ता ब्याट्सम्यानले भरिएको न्युजिल्यान्ड आयोजकविरुद्ध दबाबरहित भएर खेल्नेमा ढुक्क छ। अघिल्लो खेलमा प्राप्त गरेको सफलता र मनोबल किवी टोलीको बलियो पक्ष हुनेछ।

एकदिवसीय विश्वकप इतिहासमा भारत र न्युजिल्यान्ड अहिलेसम्म ८ पटक प्रतिस्पर्धा गरेका छन्। न्युजिल्यान्डले सर्वाधिक ४ पटक नतिजा पक्षमा पार्दा भारतले तीन पटक जित्न सफल भएको छ। यस्तै एक खेल वर्षाका कारण रद्द भएको थियो। महेन्द्रसिंह धोनी, रवीन्द्र जाडेजा, हार्दिक पाण्ड्याजस्ता खेलाडीले भारत ढुक्क छ।

 

प्रकाशित: २४ असार २०७६ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App