६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

सरकार र प्रतिपक्षबीच वार्ता गर्ने सहमति

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो।

कराकास – भेनेजुएलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक संकटलाई समाधान गर्ने लक्ष्यका साथ पुनःवार्तामा बस्न सहमत भएका छन्। आइतबार भेनेजुएला संकटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

भेनेजुएलाका सूचना तथा सञ्चारमन्त्री जर्ज रोड्रिगेजले ट्विटरमार्फत लेखेको सन्देशमा सरकार र प्रतिपक्षी दल नर्वेको मध्यस्थतामा वार्ता गर्न सहमत भएको पुष्टि गरेका छन्।
‘इतिहासले बोलिभरियन सरकारको स्मरणयोग्य अडानलाई वार्ताको शिलशिलामा पहिचान गर्नेछ,’ रोड्रिगेजले सरकार र प्रतिपक्षको वार्ताका लागि भएको सहमतिबारे नर्वेको प्रेस विज्ञप्तिसमेत राखेर गरेको ट्विटमा उल्लेख गरिएको छ।

‘हाम्रो लक्ष्य देशमा व्याप्त राजनीतिक संकटको निर्णायकसमाधानमा सफलता पाउनु हो।’

‘हामीलाई विश्वास छ राष्ट्रपति निकोलस मादुरोको शान्ति स्थापनाको प्रयास र राष्ट्रिय सहमतिले सफलता प्राप्त गर्नेछ,’ सञ्चारमन्त्री रोड्रिगेजले बताएका छन्। प्रतिपक्षी नेता उवान गुआइडोले पनि एक प्रेस विज्ञप्ति जारी गरी प्रतिपक्षी दलले बार्बाडोसमा हुने वार्तामा सहभागिता जनाउने बताएका छन्। ‘हाम्रो लक्ष्य देशमा व्याप्त राजनीतिक संकटको निर्णायक समाधानमा सफलता पाउनु हो,’ विपक्षी नेता गुआइडोले ट्विटमा उल्लेख गरेका छन्। ‘प्रतिपक्षी समूहको लक्ष्य हस्तक्षेपको अन्त्य, संक्रमणकालीन सरकार र अन्तर्राष्ट्रिय पर्यवेक्षणमा स्वच्छ तथा स्वतन्त्र निर्वाचन हो र यसैमा आफ्नो अडान राखिने छ,’ उनले भनेका छन्।

‘भेनेजुएला संकटबारे सम्बन्धित समूहका प्रतिनिधिसँग बार्बाडोसमा यही साता हामीले भेट गर्दै छौं। वार्ताले संवैधानिक समाधानका लागि सहमति निर्माण गर्नेछ।” वार्ता निरन्तर रहनेछ,’ भेनेजुएली सरकार र विपक्षीबीचको वार्ताको मध्यस्तकर्ता गरिरहेको नर्वेले भनेको छ। भेनेजुएलाका प्रतिपक्षी नेता गुआइडोले निर्वाचित राष्ट्रपति मादुरोको सरकारलाई अमान्य घोषणा गर्दै आफूले आफैंलाई देशको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि र अमेरिकाले उनलाई मान्यता दिने निर्णयसँगै चर्किएको दुई पक्षबीचको राजनीतिक गतिरोधले यस बर्षको सुरूदेखिनै निकै गम्भीर मोड लिएको थियो। वार्ताका लागि पहल गर्न दुवै समूहतर्फका प्रतिनिधिबीच मे महिनाको मध्यतिर नर्वेको राजधानी ओस्लोमा प्रारम्भिक छलफल भएको थियो।

प्रकाशित: २४ असार २०७६ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App