coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिबान नियन्त्रणमा रहेका ४० प्रहरी मुक्त

काबुल – अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिबान लडाकु समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरेको छ।

मुक्त भएका ती प्रहरी जवानको सैनिक क्याम्पमा पुगेको जानकारी अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले दिएका छन्। तालिबान नियन्त्रणबाट मुक्त भएका सबैजना प्रहरी रहेको उक्त प्रान्तका प्रान्तीय सैन्य प्रवक्ता अब्दुल हादी जमाले बताए।

पछिल्लो दुई साताभित्र अफगान तालिबानले आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मी नियन्त्रण मुक्त गरेको यो दोस्रो घटना हो। गत साता पनि अफगान तालिबानले ४२ जना सुरक्षाकर्मी मुक्त गरिदिएका थिए। उनीहरुलाई पनि सोही प्रान्तबाट नै मुक्त गरिएको थियो।

उक्त प्रान्तको क्वास तेपा जिल्ला केही महिनाअघि तालिबानले कब्जा गरेका थिए। त्यस क्रममा उनीहरुले ९० जना प्रहरीलाई आफ्नो नियन्त्रणमा राखेका थिए। अफगानिस्तान सरकारले पनि केही महिना अघि करिब नौ सय तालिबानलाई मुक्त गरिदिने घोषणा गरेको थियो।

प्रकाशित: २४ असार २०७६ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App