coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति पुनबीच भेटवार्ता

काठमाडौँ- भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति नन्दबहादुर पुनबीच बुधबार साँझ शिष्टाचार भेटवार्ता भएको छ।

नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति पुनबीचमा भएको सो भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो।

भेटमा नेपालका तर्फबाट राष्ट्रपति मुखर्जीका सवारीमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, मुख्यसचिव डा सोमलाल सुवेदी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी तथा भारतका तर्फबाट भ्रमण दलमा रहनुभएका सदस्यको सहभागिता रहेको थियो ।

यसअघि राष्ट्रपति मुखर्जी यहाँस्थित भारतीय दूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका थिए। रासस

 

प्रकाशित: १७ कार्तिक २०७३ १४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App