coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विषादी परीक्षणको माग गर्दै नेविसंघको राँकेजुलुस, ९ जना पक्राउ

काठमाडौं– भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको माग गर्दै नेपाल विद्यार्थी संघले राजधानीमा प्रदर्शन गरेको छ। राँकेजुलुससहितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर ९ जनालाई नियन्त्रणमा लिएको छ। 

नेविसंघले विषादी परीक्षणको निर्णय कार्यान्वयनको माग गर्दै सोमबार साँझ सिंहदरबारको पूर्वी गेटबाट राँकेजुलुस निकालेको थियो। घट्टेकुलोमा पुग्न लाग्दा सिंहदरबार वृत्तले प्रहरीले हस्तक्षेप गरेर नेविसंघका ९ जनालाई नियन्त्रणमा लिएको नेता सागर परियारले जानकारी दिए। परियार पनि प्रहरी नियन्त्रणमा छन्। 

‘विषादी परीक्षणमा सरकारलाई खबरदारी गर्न पूर्वगेटबाट राँकेजुलुस निकालेर घट्टेकुलोमा कोणसभा गर्ने कार्यक्रमसहित त्यहीँनेर पुग्ने बेलामा प्रहरीले हस्तक्षेप ग¥यो’, उनले भने, ‘मसहित ९ जना साथीलाई नियन्त्रणमा लिएको छ। हामीहरुलाई आज छोड्ने सम्भावना छैन।’ 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App