coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली सुन देखाई ठगी गर्ने पाँच पक्राउ

काठमाडाैं- महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई पक्राउ गरेको छ। महाशाखाबाट खटिएको टोलीले बौद्ध क्षेत्रमा अवैध सुन देखाई ठगी गर्ने चितवनकी टिनु घिमिरे पन्त, काठमाडौंकी सुस्मिता आचार्य, सिन्धुपाल्चोकका जीवन सुनार, सुनसरीका जीवन धामी चौधरी र गोरखाका जाम्बु लामालाई आज पक्राउ गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले नक्कली सुनलाई सक्कली भनी ठगी गरेकाले बिस्कुट आकारको नक्कली सुनसहित पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार बौद्धको पिपलबोटस्थित एमएस ज्वेलर्समा सुन राखिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो।

प्रकाशित: २३ असार २०७६ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App