coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपप्रधान तथा गृहमन्त्री निधि नयाँ दिल्लीमा

 

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि विपद् जोखिम न्यूनीकरणसम्बन्धी एसियाली मन्त्रीहरुको सम्मेलनमा माग लिन भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

उपप्रधानमन्त्री निधिले नेपालका तर्फबाट बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए। उपप्रधानमन्त्री निधिले विपद् जोखिममा नेपालले गरेका प्रयास एवम् भूकम्प र त्यसपछिको पुनःनिर्माणमा सरकारले गरेका कार्यका बारेमा जानकारी गराउने छन्।

मङ्गलबार नयाँ दिल्ली प्रस्थान गरेका उपप्रधानमन्त्री निधि नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको तयारीका लागि सहभागी हुन भोलि नै स्वदेश फर्कने छन्। रासस

 

प्रकाशित: १७ कार्तिक २०७३ १४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App