१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कारमा ८५ किलो गाँजा

बरामद कार र गाँजासहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिँदै । तस्बिरः नागरिक

मकवानपुर – ८५ किलो ६ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च ८५५६ नम्बरको कारलाई जाँच गर्ने क्रममा गाँजासहित चालक मकवानपुर कैलाश गाउँपालिका–१ का ३० वर्षीय गणेश थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११, थानाभ-याङबाट पक्राउ गरेको थियो।

कारको पछाडि डिक्कीमा रातो प्लाष्टिकले बेरेर लुकाई राखेको ६ वटा पोका गाँजासहित सोमबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए।

उनका अनुसार लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम दुई वर्ष देखि १० वर्षसम्म कैद र एक लाखदेखि २० लाखसम्म जरिवाना तथा कारसमेत जफत हुने कानुनी व्यवस्था रहेको बताए।

प्रकाशित: २३ असार २०७६ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App