coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतका राजदूत आचार्यलाई भुटान पनि हेर्ने जिम्मा

काठमाडौं– सरकारले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई भुटान हेर्ने जिम्मेवारी दिएको छ।

भारतका लागि राजदूत नियुक्त भई हाल नयाँदिल्लीमा कार्यरत आचार्यलाई मन्त्रिपरिषदले भुटानका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको थियो। 

मन्त्रिपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधार (१) बमोजिम आचार्यलाई भुटानको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्। 

सरकारले नीलकण्ठ उप्रेतीको स्थानमा गत फागुनमा आचार्यलाई भारतका लागि नेपाली राजदूतको जिम्मेवारी दिएको थियो। 

प्रकाशित: २३ असार २०७६ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App