coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वीरगञ्जमा पूर्वराजा शाहको जन्मोत्सव

वीरगञ्ज– पूर्वराजा ज्ञानेन्द्र शाहको ७३औं जन्मोत्सव सोमबार एक समारोहका बीच वीरगञ्जमा पनि मनाइएको छ। राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले वीरगञ्जको घण्टाघरमा आयोजना गरेको माल्यार्पण कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपतिबिक्रम शाहले पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहको तस्बिरमा माल्यार्पण गर्दै अहिलेको परिवेशमा राजाबिना देश चल्न नसक्ने ठोकुवा गरे। उनले घरमा अभिभावक नभएपछि परिवारहरु टुहुरो हुने र देशका जनता पनि राजाबिना टुहुरो भएको जिकिर गरे। 

राष्ट्रिय सरोकार मञ्च नारायणीका अञ्चल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला समाजसेवी उषा शाह, राष्ट्रिय नागरिक संघर्ष समिति बारा अध्यक्ष महमद सतार अन्सारी, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरई, नगर अध्यक्ष उपेन्द्र चौरसिया, साहित्यकार अरुण बिक्रम शाह, बिगा मुखिया, रामअयोध्या राउत कुर्मी लगायत राष्ट्रिवादी, सर्वसाधारण, पत्रकार लगायतकाको उपस्थिती रहेको थियो। 

त्यसैगरी पूर्व राजा शाहको दिर्घायु कामनाका लागि गहवामाई मन्दिरमा पुजाआराधना समेत गरिएको छ। पूर्वराजा शाहको जन्मोत्सवमा सरोकार मञ्चले लड्डु समेत बाँडेको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App